पाल्पाको तल्लोकोलडाँडामा संस्कृति जोगाउन ‘साँस्कृतिक सन्ध्या’

तिहारको अवसरमा वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने

पाल्पा | कात्तिक १२, २०८०

पाल्पाको तल्लोकोलडाँडामा संस्कृति जोगाउन ‘साँस्कृतिक सन्ध्या’

पाल्पा:  पाल्पाको बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा संस्कृति संरक्षण गर्ने  उद्देश्यसहित विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

 

स्थानीय स्तरमा सक्रिय माउण्ट एभरेष्ट युवा क्लबले विजयादशमीको अवसरमा ‘संस्कृति र पहिचानको जगेर्ना गरौं, पुख्र्यौली इतिहासलाई संरक्षण गरौं भन्ने नारासहित शनिबार विविध सांस्कृति सन्ध्याको आयोजना गरिएको हो । 

 

सो कार्यक्रमबाट करिब ८० हजार रुपैयाँ संकलन भएको क्लबका अध्यक्ष दान बहादुर रानामगरले जानकारी दिए । उनले संकलित सो रकम  तत्कालका लागि कोषमै सुरक्षित राखिने बताए । 

 

अध्यक्ष रानामगरका अनुसार मगर समुदायमा प्रचलित कौडा, सालैजो, चुट्का तथा झ्याउरे लगायतका नृत्यहरु स्थानीय कलाकारले प्रस्तुत गरेका थिए ।

 

‘हाम्रो गाउँमा शत प्रतिशत मगर जातिको बसोबास छ । त्यसैले मगर भाषा, कला धर्म तथा संस्कृति विगत धेरै समयदेखि जिवितै छ, अध्यक्ष रानामगरले भने, ‘त्यसैले यसको जगेर्ना गर्न हरेक वर्ष विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्दै आएका छौं । यसले गाउँलाई चिनाउन मात्रै नभई पुख्र्याैली इतिहासलाई उजागर गर्न टेवा पुर्याएको छ ।’

 

उक्त क्लबले संस्कृतिको संरक्षणको क्षेत्रमा मात्रै नभई सामाजिक तथा खेलकुदको क्षेत्रमा समेत काम गर्दै आएको रानामगरले बताए । उनले आगामी मंसिरको १ र २ गते बगनासकाली गाउँपालिकाभित्रका वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको बताए । 

 

उनका अनुसार ‘स्वास्थ्यका लागि खेलकुद, खेलकुदका लागि माउण्ट एभरेष्ट युवा क्लब’ भन्ने नारासहित सहिद केवल गाहा स्मृति खेलमैदानमा उक्त प्रतियोगिता हुनेछ । 

 

सो प्रतियोगितामा प्रथम, द्वित्तिय र तृतीय हुने टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित क्रमश नगद रु १५ हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछ । 

 

प्रतियोगिता संयोजक धिरज गाहामगरले सो प्रतियोगिताले स्थानीय स्तरको खेलाडी उत्पादनमा सघाउ पुग्ने बताए । ‘वडास्तरीय गेम गराउँदा उदीयमान भाइहरुले चान्स पाउँछन्, क्लब स्तरीय गराउँदा गेम राम्रो हुन्छ तर आफ्नौ गाउँठाउँका भाइहरुले मौका पाउदैनन्, गाहामगरले भने, ‘त्यसैले यो वर्षपनि तिहारको अवसरमा वडास्तरीय भलिबल प्रतियोगितालाई नै निरन्तरता दिदैंछौ ।’

 

उनका अनुसार कार्तिक ३० गतेसम्म बगनासकाली गाउँपालिका भित्रको वडाले टिम दर्ता गर्नसक्नेछन् । प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क नगद रु १ हजार ५ सय निर्धारण गरिएको आयोजकले जनाएको छ ।

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्